मेयरले दिए गाडी किन्ने रकम अस्पताललाई

मेयरले दिए गाडी किन्ने रकम अस्पताललाई

टीकापुर : कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईँ फेरि एकटक चर्चामा आएका छन् ।

बेला—बेला विभिन्न जनमुखी काम गरेर चर्चामा आईरहने उनी यसपटक नगरपालिकाले गाडी किन्न छुट्याएको बजेट सामुदायिक अस्पताल निर्माणमा खर्च गर्ने निर्णय गरेर चर्चामा आएका हुन् ।, ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

तेस्रो नगरसभाले गाडी किन्न छुट्याएको ७५ लाख रुपैयाँ कार्यपालिका बैठकमार्फत उनले वडा नम्बर १० मा बनाउन लागिएको अस्पतालका लागि खर्च गर्ने निर्णय गराएका हुन् ।

उनले गाडी किन्ने रकममा अन्य शीर्षकबाट झिकेर १५ लाख रुपैयाँ थप गरी अस्पताल निर्माणमा लगाउने निर्णय गरेका छन् ।

मंसिर ९ गते बसेको कार्यपालिका बैठकले नगरपरिषद् को निर्णय परिवर्तन गरेको हो । नगरसभाले कार्यापालिकालाई शीर्षक परिवर्तन गरेर खर्च गर्न सक्ने अधिकार प्रत्यायोजन गरेको थियो

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.