एजेन्सी, मंसिर ११
आईसीसीको नयाँ बरियतामा नेपालका पारस खड्का दुई स्थान तल झरेका छन् ।विश्व क्रिकेट परिषद आइसीसीले सोमबार प्रकाशित गरेको नयाँ विश्व वरियतामा खड्का दुई स्थान तल झर्दै ९५ औं स्थानमा रहेका हुन् ।
गत महिना ब्याट्सम्यानहरुको वरियतामा ९३ औं स्थानमा रहेका थिए ।ब्याट्सम्यानहरुको पहिलो स्थानमा पाकिस्तानका बाबर आजम छन् भने दोस्रोमा न्युजिल्याण्डका कोलिन मुन्रो छन्, अष्ट्रेलियाका आरोन फिन्च तेस्रो नम्बरमा छन् ।
बलरहरुको वरियतामा अफगानिस्तानका रसिद खान पहिलो नम्बरमा छन् । दोस्रो नम्बरमा पाकिस्तानका साहब खान र तेस्रो नम्बरमा भारतका कुलदिप यादव छन्।
बलरतर्फ सोमपाल कामी एक स्थान माथि उक्लिन सफल भएका छन्। उनी ९३ औं स्थानमा पुगेका छन् भने बसन्त रेग्मी ७५ औं नम्बरमा यथावत रहेका छन् ।