विराटनगर,मंसिर ११
उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले लैङ्घिक हिंसा अन्त्यका लागि ठोस र प्रभावकारी योजना बनाएर अघि बढेको खण्डमा मात्र सार्थक बन्न सक्ने बताएका छन् ।
विराटनगरमा बुधवार आयोजना गरिएको लैङ्घिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भुमिका बिषयक दुई दिने कार्याक्रमलाई सम्बोधन गदै रक्षामन्त्री पोख्ररेलले लैङ्घिक हिंसा अन्त्यका लागि कानूनी व्यवस्था निर्माणका लागि रचनात्मक जन दबाबपनि आवश्य रहेको बताए ।
‘हिसांको अंसियार घर भित्र पनि हुन सक्छ’, रक्षामन्त्री पोख्ररेलले भने‘ पिछाडापनको चिन्तनका कारण घर भित्रै हिंसाको रुप देखिने गरेको छ । तसर्थ घर भित्र देखि समाजमा हुने हिंसाको विरुद्ध ठोस योजना बनाएर अघि बढन आवश्यक छ।’
उनले राजनीतिक रुपले मात्र संघीयता घोषणा हुदैमा संघीयताले पुर्ण आकार लिन नसक्ने बताएका छन् । उनले प्रशासनिक र वित्तिय हिसाबले पनि संघीयताले आकार लिन आवश्यक रहेकोमा जोड दिए ।
अहिले राजनितिक रुपमा मात्र संघीयताको घोषणा भएको तर प्रशासनिक र वित्तिय हिसावले संघीयताले पुर्ण आकार लिन नसकेको बताए ।‘हामीले राजनितिक रुपमा मात्र संघीयता घोषणा गरेका छौ,’मन्त्री पोख्ररेलले भने‘संघीयतालाई पुर्ण आकार दिन प्रशासनिक र वित्तिय हिसावलपनि उतिकै आवश्य छ,यदी प्रशासनिक र वित्तिय हिसावले पुर्णता नपाएको खण्डमा नेपाली जनताले फेरी पनि दुःख पाउनबाट कसैले रोक्न सक्दैन ।’
उनले दलहरुले संविधान जारी गर्ने समयमा संक्रमणकाल सकियो भनेर घोषणा गरेको तर जहिलेसम्म कानून् र संरचना निर्माण नभएसम्म संविधानका सुन्दर व्यवस्थाहरु खुट्टा टेकेर हिड्न नसक्ने बताए ।
उनले संविधानको राम्रा पक्षलाई कानुन र संरचनाको अभावमा प्रयोगमा ल्याउन नसकेकाले बर्तमान अबस्थामा मुलुक अप्ठ्यारो स्थिती झल्ने बाध्य भएको जानकारी दिए ।
उनले अहिलेको अप्ठ्यारो अबस्था छ भनेर कोही उम्किने अबस्था नरहेको भन्दै संविधान व्यवस्थालाई पुर्ण कार्यान्वय गर्न आवश्य रहेको बताए ।उनले संविधानको व्यवस्थालाई कार्यान्वयकाका लागि कानून चाडो भन्दा चाँडो निर्माण गर्न आवश्यक रहेको बताए ।
प्रदेश नं एकका मुख्य मन्त्री शेरधन राईले सबै प्रकारको हिंसा अन्त्यका लागि प्रदेश सरकारले कठोर ढंगले कदम चाल्ने प्रतिवद्ध जाहेर गरे ।
उनले लैङ्घिक हिंसा बिरुद्ध शुन्य सहनशिलताको नीति अबलम्वन गर्न प्रदेश सरकारको संकल्प रहेको जानकारी दिए ।
मुख्यमन्त्री राईले लैङ्घिक हिंसा बिरुद्धको अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका निम्ती स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह समेत गरे ।
कार्यक्रममा प्रदेश नं एकका सभामुख प्रदीपकुमार भण्डारी,सामाजिक बिकासमन्त्री जीवन घिमिर, र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले लैङ्घिक हिंसा अन्त्यका लागि सचेत भएको बताएका थिए । कार्यक्रममा प्रदेश नं एकका १ सय ३७ स्थानीय तहका प्रतिनिधिहरुको सहभागीता रहेको छ ।