काठमाडौं,मंसिर १२
सरकारले राष्ट्रिय बीमा कम्पनी मार्फत आठ लाख भूकम्प पीडितहरूका घरको बीमा गर्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बीमाको फाइल मन्त्री परिषद्मा पुगिसकेको बताएको छ।
प्रतिघर ५०० रुपैंया प्रिमियम लिएर ५ लाख रुपैयाँको जोखिम वहन गर्न लागिएको हो । जसको कुल प्रिमियमको ५० प्रतिशत सरकारले व्यहोर्नेछ भने बाँकी ५० प्रतिशत लाभग्राहीबाट असुलिने व्यवस्था प्रस्ताव गरिएको छ ।
सरकारले भूकम्पपछि पुननिर्माण भएका घरको बीमा गराउन लागेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले राष्ट्रिय बीमा कम्पनीको भूकम्प पीडितको घरको बीमा गरिने निर्णयलाई बीमा समितिले स्वीकृत दिईसकेको बताएका छन् ।(विकास न्युजबाट)