सर्वेन्द्र खनाल आफ्नो‘भाञ्जे ज्वाँई’ भन्दै ५० जनालाई ठगी गर्ने ओझा पक्राउ

सर्वेन्द्र खनाल आफ्नो‘भाञ्जे ज्वाँई’ भन्दै ५० जनालाई ठगी गर्ने ओझा पक्राउ

विराटनगर : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल आफ्नो‘भाञ्जे ज्वाँई’ भन्दै दुई वटा कम्पनी खोलेर ५० कर्मचारीलाई ठगी गरेको आरोपमा मोरङ प्रहरीले गुणराज ओझालाई पक्राउ गरेको छ ।

विराटनगर– ४ स्थित चितनारायण माझि, परमेश्वर ढुङ्गाना र इश्वर ढुङ्गानाको घर भाडामा लिएर नक्कली विद्युत परियोजना र विजनेश म्यानेजमेन्ट गु्रप खोलेर ५० जनालाई कर्मचारीलाई तलब नदिई ठगी गरेको आरोपमा ओझालाई मंगलबार राती पक्राउ गरेको हो ।

मोरङ लेटाङ घर भएका ओझा विराटनगर– ५ स्थित ससुराली घर बस्दै आएको अवस्थामा पक्राउ परेका हुन् । तलब माग्दै श्रम कार्यालयमा निवेदन दिने कर्मचारीलाई ओझाले ज्यान मार्ने धम्की दिएका थिए ।

२०७४ यता विभिन्न मितीमा कर्मचारी नियुक्ति गरी तलब नदिएका ओझाले १५ जना ब्यक्तिबाट ४ लाख ९१ ह्जार पनि असुल गरेका थिए ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.