काठमाडौं, मंसिर १३
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले मंसिर २२ देखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) का दुई खेल मात्र खेल्ने भएका छन् ।
ईपीएलमा ललितपुर प्याट्रियट्सको प्रतिनिधित्व गर्ने सन्दीपले अष्ट्रेलियाको बिग ब्यास लिगमा सहभागिता जनाउन ईपीएलको सुरुवाती दुई खेलमात्र खेल्ने भएका हुन् ।
सन्दीपले मंसिर २२ मा विराटनगर वारियर्स र मंसिर २३ मा चितवन टाइगर्स विरुद्ध खेल्नेछन् । ललितपुर प्याट्रियट्सका अध्यक्ष किशोर महर्जनले बुधबार आयोजित पत्रकार सम्मेलनमा यसबारे पुष्टि गरेका हुन् ।
यतिबेला यूएईमा जारी टी–१० लिगमा व्यस्त छन् । सन्दीप ईपीएलको दोस्रो खेल खेलेपछि बिग ब्यासमा मेलबर्न स्टार्सबाट खेल्न अष्ट्रेलिया लाग्नेछन् ।
उनले त्यहाँपनि केहि खेल खेलेर बंगलादेश प्रिमियर लिगमा सहभागिता जनाउन बंगलादेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनी बंगलादेश प्रिमियर लिगमा सिल्हेट सिक्सर्समा अनुबन्ध भएका छन् ।