एजेन्सी, मंसिर १३
जारी युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग हार बेहोरेको छ ।
पीएसजीको घरेलु मैदान पार्क दि प्रिन्सेसमा बुधबार राति भएको खेलमा लिभरपुलले पीएसजीसँग २–१ को हार बेहोरेको हो ।
पीएसजीका जुआन बर्नाट र नेयमार जुनियरले गोल गरे भने लिभरपुलका जेम्स मिल्नरले एक गोल फर्काए । खेलमा सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो ।
खेलमा पीएसजीले खेलको १३औं मिनेटमा जुआनको गोलबाट अग्रता बनाएको थियो । बर्नाटले एमबाप्पेले दिएको क्रस पासलाई सदुपयोग गरेका थिए । ३७औं मिनेटमा पीएसजीले अग्रता दोब्बर पार्यो । नेयमारले एमबाप्पे र एडिन्सन काभनीसँग वान टु वान पासमा गोल गर्न सफल भएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा लिभरपुलले पेनाल्टी पायो । डि मारियाले साडियो मानेलाई बक्समा फल गरेको भन्दै रेफ्रीले लिभरपुललाई विवादास्पद पेनाल्टी दिए । जसमा जेम्स मिल्नर ले गोल गरे । दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने प्रयास गरेपनि गोल गर्न सकेनन् । अन्तत ः पीएसजी २–१ ले विजयी भयो ।
जितसँगै पीएसजी समूह ‘सी’ बाट पीएसजीले नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ । पीएसजीले ५ खेलबाट समान २ जित र बराबर तथा १ हार बेहोर्दै ८ अंक जोडेको छ । समूह चरणको अन्तिम खेलमा क्रेभेना जेभेजदासँग जित हात पारे पीएसजी नकआउट चरणमा प्रवेश गर्नेछ ।