विराटनगर, मंसिर १३
विराटनगर जेसीसले विराटनगरको भानु कलेजका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ । जेसीज सप्ताह –२०१८ को पाँचौँ दिन बुधबार विराटनगरको जेसी वाल सदन स्कुलको प्राङ्गणमा भएको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
राष्ट्रिय परिक्षाबोर्डले हालसालै प्रकाशित गरेको कक्षा ११ को नतीजामा उत्कृष्ट हुने विज्ञान संकाय तर्फका छात्र सन्दिप यादव, व्यवस्थापन संकायतर्फका छात्र सुमित राजवंशी र बोर्ड परिक्षामा छात्रा तर्फ ए प्लस ल्याउन सफल आरती नायकलाई सम्मान गरिएको जनाईएको छ ।
सम्मानित विधार्थीहरुलाई जेसी बाल सदन स्कुलका प्रिन्सिपल सुनिता भट्टराई, विराटनगर जेसिसका भु.पु. अध्यक्ष गोपाल गुप्ता र विराटनगर जेसिसका वर्तमान अध्यक्ष राजेन्द्र थपलीयाले सम्मान गरेका थिए ।
सो कार्यक्रममा भानु कलेजका प्रिन्सिपल देवेश प्रधान, को–अर्डीनेटर आर.सी.कोईराला लगायतले सम्मानित विधार्थीहरुको उज्ज्वल भविष्यको कामना गरेका थिए । कार्यक्रममा भानु कलेजका वर्तमान तथा पुर्व विधार्थीहरुको उपस्थिती रहेको थियो ।