कप्तान मेसीको जादुमयी प्रदर्शनमा पीएसभीमाथि बार्सिलोनाको जित

कप्तान मेसीको जादुमयी प्रदर्शनमा पीएसभीमाथि बार्सिलोनाको जित

एजेन्सी,मंसिर १३
च्याम्पियन्स लिग अन्तर्गत समूहको पाँचौ खेलमा बार्सिलोनाले पीएसभीलाई २–१ ले पराजित गरेको छ ।अवे मैदानमा भएको खेलमा बार्सिलोनाका कप्तान लिओनेल मेसीको जादुमयी प्रदर्शनमा पीएसभीविरुद्ध विजयी भएको हो ।

च्याम्पियन्स लिगलाई प्राथमिकतामा राखेको बताएका बार्सिलोना लिओनेल मेसीले बुधबार समूहको पाँचौ खेलमा पीएसभीविरुद्ध उत्रँदा भनाइलाई पुष्टि पनि गरे ।गोलरहित रहेको पहिलो हाफमा दुवै टोलीले गोलको मौका सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेनन् । बार्सिलोनाको डिफेन्सले कमजोर प्रदर्शन गरेपनि मेसीको प्रदर्शनले टोलीलाई जितसम्म पुर्यायो ।

मेसीले खेलको ६१ औं मिनेटमा ओस्मान डेम्बेलेको पासलाई पेनाल्टी क्षेत्रभित्र तीन डिफेन्डरको बीचबाट उत्कृष्ट गोल गर्दै सुरुवाती अग्रता दिलाए । ७० औं मिनेटमा जेरार्ड पिकेले अग्रता दोब्बर पारे । उनले मेसीको चलाखीपूर्ण फ्रिकिकलाई पोस्टको दिशा दिंदै जिततर्फ अग्रसर गराएका थिए । ८२ औं मिनेटमा पीएसभीका कप्तान लुक डे जोङले एक गोल फर्काए । थप गोल गर्न नसक्दा बार्सिलोना विजयी रहयो ।

समूह चरणको एक खेल बाँकी छँदा बार्सिलोनाले दोस्रो स्थानको स्पर्ससँग ६ अंकको अग्रता कायम गरेको छ । बार्सिलोनाको ५ खेलमा १३ अंक छ भने टोटेनहम र इन्टर मिलानको समान ७–७ अंक छ । १ अंक बोकेर पुछारमा रहेको पीएसभी प्रतियोगिताबाट बाहिरिसकेको छ ।

यसअघि नै दोस्रो चरणमा स्थान पक्का गरेको बार्सिलोना बुधबारको जितसँगै शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुग्ने भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.