नक्कली नागरिकता लिने दुई भारतीय पक्राउ, पासपोर्ट बनाउन खोज्दा खुल्यो पोल

नक्कली नागरिकता लिने दुई भारतीय पक्राउ, पासपोर्ट बनाउन खोज्दा खुल्यो पोल

वीरगञ्ज, मंसिर १३

जिल्ला प्रशासन कार्यालय पर्सामा राहदानी लिन पेश गरेको नागरिकता नक्कली भएको आरोपमा पर्सा प्रहरीले दुई भारतीय नागरिकलाई मङ्गलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–९ बस्ने दिनेशकुमार साह र अरविन्दकुमार सर्राफ रहेका छन् । साहले नक्कली नागरिकताको आधारमा राहदानी लिन खोज्दा तथा सर्राफले झुठो विवरण पेस गरी २०६३ सालमा लिएको नागरिकताको आधारमा छोराको नागरिकता बनाउन खोज्दा पक्राउ परेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।

अनुसन्धानको क्रममा सर्राफको नेपाल भारत दुवैतर्फका नागरिकता भेटिएकाले यसबारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।२०६३ सालमा स्थानीय जनप्रतिनिधिको सिफारिशमा टोलीले जथाभावी नागरिकता वितरण गर्दा त्यसको मौका छोपी ५० प्रतिशतभन्दा बढी भारतीयले नक्कली विवरण पेश गरी नेपाली नागरिकता लिएकाले त्यसको छानबिन हुनुपर्ने वीरगञ्जवासीको माग रहेको छ ।

रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.