बालक अपहरणको ४५ मिनेटभित्रै हत्या !

बालक अपहरणको ४५ मिनेटभित्रै हत्या !

काठमाडौं  : गोंगबु प्रयासमार्गस्थित स्वस्तिका गेस्टहाउसमा गाडीचालकका रुपमा महेन्द्र एस्केले नियुक्ति पाएको एक महिना मात्र भएको छ ।

उनले पाएको १३ हजार तलबमा चित्त बुझेको थिएन ।  होटेल साहुसँग उनको विवाद पनि हुँदै आएको थिए ।  उनको प्रतिशोध र आपराधिक मानसिकताको सिकार बने होटेल साहुका ८ बर्षीय छोरा प्रयास कुँवर ।

प्रहरीका अनुसार महेन्दले चार दिनअघि नै अपहरण र हत्याको योनजा बनाएका थिए ।  मंगलबार साँझ उनले उपयुक्त समय पाए । साँझ करिब ६ बजेको थियो । बालकका आमा बुबा अस्पताल गएको मौका छोपी उनले अपहरण गरेका थिए ।

महेन्द्रले दिएको बयानअनुसार बालकलाई फकाउनउनले ५० रुपैयाँको क्याटबरी चकलेट किनिदिएका थिए । प्रयासलाई फकाउँदै घुम्न जाने आस देखाएर नार्गाजुनतिर लगे ।

एकान्त सडकमा गाडी रोकेर मुख थुनिदिए, घाँटी थिचेर हत्या गरे । झोलामा शव राखेर खोलामा फाले । प्रयासको अपहरण र हत्या ४५ मिनेटभित्रै भएको खुलेको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.