काठमाडौँ, मंसिर १४
जनस्तरबाट ब्यापक विरोध भएपछि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा लागू गरिएको जोरविजोर प्रणाली सरकारले फिर्ता लिएको छ ।
एशिया प्यासेफिक समिटका क्रममा सवारी आवागमन चुस्त बनाउन तथा सुरक्षाका कारण बिहीबारदेखि आइतबारसम्मका लागि भन्दै जोर विजोर प्रणाली लागू गरेको थियो ।
तर, गृह मन्त्रालयको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज बिहान ११ः३० बजेबाट लागू हुनेगरी जोर विजोर प्रणाली फिर्ता लिने निर्णय गरेको हो ।