प्रियङ्का चोपडा निर्मित चलचित्र ‘पाहुना’को नयाँ गीत सार्वजनिक (भिडियो)

प्रियङ्का चोपडा निर्मित चलचित्र ‘पाहुना’को नयाँ गीत सार्वजनिक (भिडियो)

एजेन्सी, मंसिर १४
बलिउड अभिनेत्री प्रियङ्का चोपडाले बनाएको नेपाली भाषी चलचित्र ‘पाहुना’को पहिलो गीत ‘नौलो संसार’ सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा अङ्ग्रेजी सबटाइटल प्रयोग गरिएको छ । पियूष नेपाल र अभिब्यन्जना रुवी थतालको स्वर रहेको गीतमा सागर देसाइको सङ्गीत रहेको छ । गीतमा पियूष नेपाल र प्रयास नेपाललको शब्द रहेको छ ।

केही दिन अघि मात्र चलचित्र ‘पाहुना’को ट्रेलर सार्वजनिक भएको थियो । उक्त ट्रेलरले निकै प्रशंसा बटुलिरहेको छ । नेपालमा माओवादी आन्दोलनबाट बचेर सिक्किम पुगेका तीन बालबालिकाको कथा वाचन गरेको चलचित्र ७ डिसेम्बर, २०१८ रिलिज हुँदैछ ।

प्रियङ्का र उनकी आमा मधु चोपडाको ब्यानर पर्पल पेबल पिक्चर्सले निर्माण गरेको चलचित्रलाई पाखी ए टायरवालाले निर्देशन गरेका छन् । चलचित्रमा बाल कलाकार इसिका गुरुङ र अनमोल लिम्बु मुख्य भूमिका रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.