एजेन्सी, मंसिर १४
बलिउड अभिनेत्री प्रियङ्का चोपडाले बनाएको नेपाली भाषी चलचित्र ‘पाहुना’को पहिलो गीत ‘नौलो संसार’ सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा अङ्ग्रेजी सबटाइटल प्रयोग गरिएको छ । पियूष नेपाल र अभिब्यन्जना रुवी थतालको स्वर रहेको गीतमा सागर देसाइको सङ्गीत रहेको छ । गीतमा पियूष नेपाल र प्रयास नेपाललको शब्द रहेको छ ।
केही दिन अघि मात्र चलचित्र ‘पाहुना’को ट्रेलर सार्वजनिक भएको थियो । उक्त ट्रेलरले निकै प्रशंसा बटुलिरहेको छ । नेपालमा माओवादी आन्दोलनबाट बचेर सिक्किम पुगेका तीन बालबालिकाको कथा वाचन गरेको चलचित्र ७ डिसेम्बर, २०१८ रिलिज हुँदैछ ।
प्रियङ्का र उनकी आमा मधु चोपडाको ब्यानर पर्पल पेबल पिक्चर्सले निर्माण गरेको चलचित्रलाई पाखी ए टायरवालाले निर्देशन गरेका छन् । चलचित्रमा बाल कलाकार इसिका गुरुङ र अनमोल लिम्बु मुख्य भूमिका रहेको छ ।









