राष्ट्रिय खेलकुदका लागि मोरङबाट खेलाडी छनौट सुरु

राष्ट्रिय खेलकुदका लागि मोरङबाट खेलाडी छनौट सुरु

विराटनगर,मंसिर १५

आगामी फागुनमा सुदूरपश्चिमाञ्चलमा हुन लागेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि मोरङमा शुक्रबारदेखि खेलाडी छनौट सुरु भएको छ ।

मोरङ जिल्ला खेलकुद विकास समितिले १५ वटा खेलका लागि खेलाडी छनौट थालेको हो । पहिलोदिन छात्रा सिंगल्सतर्फ एलिना राई, समृद्धि लुइँटेल, पुष्पा पुडासैनी, अन्जली मण्डल र पूजा ढंगेल छनौट भएका छन् ।

त्यसैगरी पुरुष सिंगल्सतर्फ छनौट चरणका खेल जारी रहेका छन् । लिगका आधारमा भएको खेलमा करण राई पहिलो, सन्तोष काफ्ले दोस्रो स्थानमा रहेका छन् ।

जिल्लाबाट छनौट भएका सबै खेलका खेलाडीले प्रदेश स्तरीय छनौटमा प्रतिष्पर्धा गर्नु पर्नेछ । राष्ट्रिय खेलकुद प्रतियोगितामा फुटबल, एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, टेबलटेनिस, क्रिकेट, भलिबल, तेक्वान्दो, कराँते, जुडो, खो खो, कबडी, बास्केटबल, उसु, ब्याडमिन्टन र हेण्डबलका खेल समावेश हुनेछन् ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.