समृद्धिका लागि भष्ट्राचार अन्त्य जरुरीः नारायणकाजी

समृद्धिका लागि भष्ट्राचार अन्त्य जरुरीः नारायणकाजी

विराटनगर, मंसिर १५
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले राज्यमा मौलाएको भष्ट्राचार बिरुद्धको अभियान नछेडी मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउन असम्भव रहेको बताएका छन् ।

उनले समृद्धि प्राप्तिका लागि भष्ट्रचार बिरुद्धको आन्दोलन चलाउन आवश्य रहेकोमा समेत जोड दिए । मानवअधिकार तथा शान्ति समाजको शुक्रबार विराटनगरमा आयोजित २१ औ राष्ट्रिय परिषद भेलालाई सम्बोधन गदै नेता श्रेष्ठले राजनितिक दलभित्र र समाजमा मौलाएको भष्ट्रचार नियन्त्रण गर्नु अहिलेको मुख्य आवश्यकता रहेको बताए ।

नेता श्रेष्ठले भष्ट्रचार बिरुद्धको आन्दोलनबाट सुशासन स्थापित गर्न नसकेको अबस्थामा बिकासका कुनैपनि परिर्वतन असम्भव रहेको बताए । उनले बिकासको परिवर्तन नभएको खण्डमा जनतामा ठूलो नैराश्यता बढाउदै जाने र त्यो नैराश्यताले दक्षिणपन्थी शक्तिहरुलाई चलखेल गर्न मद्दत गर्ने भएकाले त्यसले नेपालको राष्ट्रिय हितलाई कुठाराघात गर्ने र विखण्डन हुने भय बढने बताए ।

उनले अहिलेको आन्दोलन भनेको राजनिति सफा गर्ने आन्दोलन हुने पर्नेमा पनि जोड दिए । यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले निर्मला पन्तले न्याय नपाएको भन्दै सरकारले जनतालाई अनुभूत हुने न्याय दिलाउन लाग्नु पर्ने बताए ।

कार्यक्रममा नागरिक अगुवा डाक्टर देवेन्द्रराज पाण्डे, वरिष्ठ पत्रकारहरु हरिबहादुर थापा लगायतले मानवअधिकार तथा शान्ति समाजको अबको मुद्दा भ्रष्टाचारको अन्त्य र सभ्य समाजका लागि हुनुपर्नेमा जोड दिएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.