विराटनगर, मंसिर १५
‘हाफ म्याराथुन’ प्रतियोगिताको उपाधि विराटनगरस्थित मिल्स माविकी अन्जली चौधरी र गौतमबुद्ध स्कूलका सुमन कामतले जितेका छन् ।
विराटनगर–१३ स्थित सौगात बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज आयोजना गरेको उक्त प्रतियोगिताको छात्रातर्फको द्धितीय गोदावरी स्कूलकी रिचा थापा, तृतीय सोही स्कूलकी अन्सु लामा, चौथो गौतम बुद्ध स्कूलकी रीतिका रानामग र पाँचौ मिल्स माविकी अन्सु कुमारी महतो घोषित भइन् ।

त्यस्तै छात्रतर्फ भएको उक्त प्रतियोगिताकोे द्धितीय राइजिङ्ग स्कूलका एम.डि अक्बर, तृतीय खुल्ला रुपमा भाग लिएका मुकेश यादव, चौथो गौतम बुद्ध स्कूलका बबिस थापा र पाँचौं स्टार स्कूलका दिपक भण्डारी भए ।

प्रतियोगिताको प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः ३ हजार १, द्धितीय २ हजार १, तृतीयले १ हजार १ रुपैयाँको साथै ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको कार्यक्रम संयोजक विष्णु डंगोलले बताए । चौथो र पाँचौ हुने प्रतियोगिले समेत नगद पुरस्कार पाएका थिए । प्रतियोगितामा विराटनगर–१२, १३ १४,१५ र १६ नम्बर वडामा रहेको विद्यालयका पाँच दर्जन बढी विद्यार्थीहरूले भाग लिएका थिए ।










