पूर्वाञ्चल बाल आश्रमका अभिषेक राई बने लिटिल च्याम्स

पूर्वाञ्चल बाल आश्रमका अभिषेक राई बने लिटिल च्याम्स

विराटनगर,मंसिर १५
विराटनगरस्थित पूर्वाञ्चल बाल सेवा आश्रमका बालबालिकामा रहेको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आज लिटिल च्याम्स प्रतियोगिता सम्पन्न भएको छ ।

मञ्जिना मुभिज क्रिएशन र मिस नेवा कोशीको आयोजनामा भएको लिटिल च्याम्स प्रतियोगितामा पूर्वाञ्चल बाल सेवा आश्रमका २४ जना बालबालिकाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । जसमा १४ बर्षीय बालक अभिषेक राई लिटिल च्याम्स बन्न सफल भएको क्रिएशनका निर्देशक जतिन ताम्राकारले जानकारी दिए ।

विजयी राईलाई शिल्ड तथा मेडल प्रदान गरिएको थियो । कार्यक्रमको निर्णायकमा गायक तथा संगीतकार सुमन श्रेष्ठ रहेका थिए । यस्तै हास्यकलाकार पारस थापाले आफ्ना मनोरन्जनात्मक प्रस्तुती प्रस्तुत गरेका थिए ।

सोही अवसरमा आयोजकले ५ हजार ५ रुपैया आश्रमकी अध्यक्ष सीता पोखरेललाई हस्तान्तरण गरेको थियो । कार्यक्रमको उद्घाटन समारोहमा विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले प्रतियोगितमा हारजीत हुनु स्वभाविक भएको भन्दै सहभागिता जनाउनु नै ठूलो कुरा भएको बताइन् ।

उनले यस्ता कार्यक्रमले बालबालिकाको आत्मविश्वास बढ्नुका साथै बालबालिकाको प्रतिभा प्रस्फुटित हुने बताइन । उनले आश्रमको सहयोगका लागि महानगर सधै तत्पर रहेको जानकारी दिइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.