वनभोजबाट फर्कंदै गरेको बस दुर्घटना : एकको मृत्यु, ४५ घाइते

वनभोजबाट फर्कंदै गरेको बस दुर्घटना : एकको मृत्यु, ४५ घाइते

सुर्खेत,मंसिर १६
सुर्खेतमा शनिबार यात्रुवाहक बस दुर्घटना हुँदा एकको मृत्यु र ४५ जना घाइते भएका छन् । मृत्यु हुनेमा लेकबेंसी ८ गन्नेपानीकी जानकी दर्लामी रहेको प्रहरीले जनाएको छ ।

वनभोज खाएर फर्कंदै गरेको भे१ख ८५९ नम्बरको बस कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, कपासे नजिकै मोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।

दुर्घटनाका घाइतलाई उद्धार गरी अस्पताल पठाइएको र उनीहरुको वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल कालागाउँ, माया नर्सिङ होम तथा देउती असपतालमा उपचार भइरहेको प्रहरी प्रमुख रजौरेले जानकारी दिए ।

दुर्घटनास्थलमा छ जनाभन्दा बढी गाडीमुनि च्यापिएकाले उनीहरुलाई निकाल्ने प्रयास भइरहेको बताइएको छ । जनजागृति युवा क्लब लेकबेंसी–८ गन्नेपानीको वनभोज टोली दुर्घटनामा परेको हो । उद्धार जारी छ ।(कान्तिपुरबाट)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.