दुहवी : बुढीगंगा गाउँपालिकाको नाममा केही युवाहरुले आफुखुसी कर संकलन गरेकोमा व्यबसायीहरुले विरोध जनाएका छन् ।
टेण्डर प्रक्रिया विनै कवाडी कर भन्दै एक किलो फलामको दुई रुपैँया र अन्य कवाडी समानमा समेत कर लिई दोहोरो कर लिएको भन्दै व्यबसायीहरुले विरोध जनाएका हुन् ।
बुढीगंगा स्थित नेमुवा थाना नजिकै रहेको जिल्ला समन्वय समिती नजिकै रहेको जिल्ला समन्वय समिती मोरङको कर संकलन केन्द्रमा युवाहरुले गाउँपालिकाको आदेश भन्दै कर संकलन गरिरहेका छन् ।
गाडीहरु रोकेर कर उठाउने गरेको जिसस मोरङको कर उठाउने केन्द्रमा बस्ने कर्मचारी राम बुढाथोकीले बताए ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।