विराटनगर,मंसिर १६
अपाङ्गता भएकाहरुले अपाङता भएकाहरुको सवाललाई सम्बोधन गर्ने बिषयमा स्थानीय सरकार उदासिन रहेको गुनासो गरेका छन । अपाङ्गताको सवालमा राज्यपक्ष थप जिम्मेबार हुनुपर्ने उनीहरुको धारणा छ ।
राष्ट्रिय अपांग महासंघ प्रदेश एक कार्यालयले आइतबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने महासंघका प्रदेश पदाधिकारीले यस्तो बताएका हुन् ।
३ डिसेम्बरमा मनाइने अपाङ्ता भएका ब्यक्तिहरुको २७ औं अन्तराष्ट्रिय दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा महासंघका कार्यक्रम अधिकृत विमल बस्नेतले राज्यले नै अपाङता दिवस मनाउनुपर्ने भएपनि प्रदेश र स्थानिय सरकार उदासिन रहेको बताए ।
उनले अपाङता भएकाहरुको सवाललाई सम्बोधन गर्ने बिषयमा समेत स्थानीय सरकार उदासिन रहेको गुनासो गरे । महासंघका प्रदेश अध्यक्ष पार्वता श्रेष्ठले अपाङता भएका ब्यक्तिहरुले सरकारी सेवा प्रवेशमा समेत समस्या झेल्नु परेको बताइन् ।
दिवसका अवसरमा महासंघले बृहत ¥याली,अभिमुखीकरण,सामाजिक सुरक्षा कार्यविधिमा सुझाव संकलन लगायतका कार्यक्रम गर्ने जनाएको छ । मोरङमा मात्र ३ दशमलव ४ प्रतिशत ब्यक्तिमा अपाङ्ता रहेको तथ्याङ छ ।