‘रणवीर’ को टिजर सार्वजनिक,प्रशान्त र सुशीलको एक्सनयूक्त अवतार(भिडियो)

‘रणवीर’ को टिजर सार्वजनिक,प्रशान्त र सुशीलको एक्सनयूक्त अवतार(भिडियो)

काठमाडौँ, मंसिर १६
अभिनेता द्वय प्रशान्त ताम्राकार र सुशील सिटौला स्टारर फिल्म ‘रणवीर’ को टिजर सार्वजनिक भएको छ । पावरप्याक एक्सनयूक्त टिजरमा दुई अभिनेता विचको टसन देखाइएको छ ।

माघ १८ मा रिलिज हुने फिल्ममा प्रशान्त नेगेटिभ रोलमा छन् । जसमा प्रशान्त र र सुशील दुवैलाई एंग्री अवतारमा देख्न सकिन्छ । उनले यो फिल्मको लागि ७० केजीबाट आफ्नो तौल १५ किलो बढाएर ८५ केजी तुल्याएका थिए ।

फिल्मलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । यसमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा सुशील र प्रशान्तका अलवा शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

‘रणवीर’ मा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द्व, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । फिल्म करीब दुई करोड लगानीमा निर्माण भएको बताइएको छ ।

अभिनेता सुशीलले भने, फिल्मको लागि मैले कति मेहनत गरें शब्दमा व्यक्त गर्न सक्दिनँ । एक्सनको लागि मैले आफूलाई तयार गरेको छु । फिल्म राम्रो बनेको छ । यस्तै, अभिनेता प्रशान्त फिल्मले समाजकै कथा भन्ने बताउँछन् ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.