क्यान इन्फोटेक मेलाको स्पोन्सर बुकिङ खुल्ला

क्यान इन्फोटेक मेलाको स्पोन्सर बुकिङ खुल्ला

विराटनगर,मंसिर १७
आगामी पुस १९ गतेदेखि विराटनगरमा हुन लागेको क्यान इन्फोटेक मेलाको स्पोन्सर बुकिङ खुल्ला गरिएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान)मोरङको आयोजनामा हुन लागेको सो इन्फोटेक मेलाको शनिबारबाट स्पोन्सर बुकिङ खुल्ला गरिएको हो ।

सो मेलाको लागि पहिले आउने प्रायोजकलाई प्राथमिकता दिईने छ भने मेलाको स्टल २४ घण्टा अघि तयार गरिसक्नुपर्ने छ । जुनसुकै वर्गका प्रायोजकहरुले सम्झौता भन्दा अगाडि नै कम्प्युटर एशोसिएसन नेपाल महासंघ मोरङलाई प्रस्ताव अनुसार प्रायोजनको सम्पुर्ण रकम अग्रिम भुक्तानी गर्नुपर्ने उल्लेख छ ।

विश्वमा सुचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएको विकास तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले विराटनगरको जैन भवनमा ५ दिनसम्म हुने सो इन्फोटेक प्रदेश १ कै विशाल र भव्य हुने जनाइएको छ ।

क्यान इन्फोटेक मेलामा क्यानका सदस्य संस्थालगायत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सुचना तथा सञ्चार प्रविधिसम्बन्धि कम्पनीहरुको सहभागिता रहने छ । २३ गतेसम्म चल्ने मेलामा सहभागिमध्ये केही भाग्यमानीलाई दुबई भ्रमणको अवसर समेत मिल्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.