सोमवार, १७ मंसिर
‘हासिल गरौँ दिगो विकासका १७ लक्ष्य सुनिश्चित गरौँ हामीले चाहेको भविष्य’ भन्ने नाराका साथ २७ औं अन्तर्रा्ष्ट्रिय अपांगता दिवस नेपालमा पनि मनाईदैछ ।
अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइरहँदा नेपालमा कूल जनसङ्ख्याको करिब ३ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् । दिवसको अबसरमा आज काठमाडौ लगाएत देशका विभिन्न ठाउँमा जनचेतनामूलक कार्यक्रमको आयोजना भइरहेका छन् । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९२ डिसेम्बर ३ देखि यो दिवस मनाउन सुरू गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अपांगता भएका व्यक्तिले पनि राज्यका हरेक क्षेत्रमा समान अवसर पाउने बताएका छन्। अन्तर्रा्ष्ट्रिय अपांगता दिवसको अवसरमा सोमबार एक सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। अपांगता भएका व्यक्तिहरू विभेद र अवरोधका कारण क्षमता हुँदाहुँदै पनि समाजको सक्रिय नागरिकका रूपमा जीवनका हरेक क्षेत्रमा सहभागी हुन नसक्ने विगतको अवस्थामा परिवर्तन ल्याउन वर्तमान सरकार अग्रसर भइसकेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख गरिएको छ ।
‘अपांगता भएका व्यक्तिहरूको राज्य प्रदत्त सेवा सुविधा र अवसरलगायत जनलक्षित हरेक कार्यक्रममा समान पहुँच हुनै पर्दछुु, प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘ उनीहरुले पनि अरु सरह लाभान्वित हुन पाउनै पर्दछ भन्ने मान्यतामा नेपाल सरकार प्रतिवद्ध छ। ‘कोही पनि पछाडि नपरून’ भन्ने मूल ध्येयका साथ सरकार सामाजिक न्यायको स्थापना गर्न तल्लीन रहेको सन्देशमा उल्लेख गरिएको छ ।