काठमाडौं,मंसिर १७
नेपाल पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली नियुक्त भएका छन् । सोमबार बसेकाे बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीलाई आगामी २ वर्षको लागि नियुक्त गरेको हो ।पूर्वाधार विकास बैंक नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरिसकेकाे छ तर काराेबार सञ्चालन स्वीकृति पाउन बाँकी छ ।
‘संचालनकाे लागि सबै तयारी पुरा भएकाे छ, सीइअाे पनि नियुक्त गरेका छाैं । अब राष्ट्र बैंकमा सञ्चालनकाे लागि अन्तिम स्वीकृति माग गर्छाै’ पूर्वाधार विकास बैंकका एक सञ्चालकले बताए ।सोमबार नियुक्त भए पनि ज्ञवालीले एक महिना पछि मात्र कार्यभार सम्हाल्नेछन् ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृतसँग बैंकिङ क्षेत्रमा तीन दशक काम गरेकाे अनुभव छ । हाईप्रोफाइल बैंकरको रुपमा नेपाली वित्तीय क्षेत्रमा पहिचान बनाएका ज्ञवालीले नबिल बैंकबाट बैंकिङ करियस सुरु गरेका थिए । उनी एक पटक नबिल बैंककै प्रमुख कार्यकारी अधिकृत र दुर्इ पटक ग्लाेवल अार्इएमर्इ बैंककाे प्रमुख कार्यकारी अधिकृत भए । बीचमा ज्ञवालीले भारतको सिटी बैंकमा काम गरेका थिए ।
जारी पुँजी २० अर्ब रहेकाे यस बैंककाे चुक्ता पुँजी १२ अर्ब रूपैयाँ छ । ८ अर्ब रूपैयाँ बराबर साधारण सेयर सर्बसाधारणमा निष्काशन गर्ने भएकाे छ । यस बैंकमा धेरै वाणिज्य बैंकहरू प्रमाेटर रहेका छन् ।
यस बैंककाे अध्यक्ष डा विमल काेइराला छन् भने सञ्चालक समितिमा अनुज अग्रवाल, चन्द्रप्रसाद ढकाल, नुमनाथ पाैडेल र अर्थ मन्त्रालयका प्रतिनिधि मुकुन्द पाैडेल रहेका छन् ।
(विकास न्युजबाट)