विराटनगर,मंसिर १७
विराटनगरको मोर्डन ऐरा इङिलस स्कुल र खोटाङको मझुगढी गाउँपालिका– १२ स्थित जालपा माध्यमिक विद्यालयबिच मितेरी सम्बन्ध कायम भएको छ ।
समझदारी पत्रमा जालपा माध्यामिक विद्यालयका प्रधानाध्यापक तेजबहादुर राई र मोर्डन ऐरा इङिलस स्कुलका प्रिन्सिपल रामप्रसाद घिमिरेले हस्ताक्षर गरेका छन् ।
दुई विद्यालयबीच शैक्षिक गुणस्तर कायम गर्न प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेसमेतको रोहबरमा सोमबार मितेरी सम्बन्ध कायम भएको हो ।
दुई विद्यालयबीच शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक तथा विद्यार्थीहरु भ्रमण गरी अनुभव तथा विचार आदान प्रदान गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ ।
समझदारी पत्रमा विद्यालयको गुणस्तर सुधारमा दुई विद्यालयबीच निरन्तर कार्यशाला, गोष्ठी गर्ने तथा निरन्तर बहस गर्दै लैजाने भनिएको छ ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरे, जिल्ला समन्वय समिति खोटाङका संयोजक बबी चाम्लिङ राई तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजालको रोहबरमा मितेरी सम्बन्ध कायम भएको जनाईएको छ ।