काठमाडौँ, मंसिर १८
सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर २÷२ रुपैयाँ घटाएको निगम सञ्चालक समितिका सदस्य अरिबन्द अग्रवालले जानकारी दिए ।
भारतीय आयल निगमले पठाएको नयाँ मुल्य सूचीअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँमा किन्न पाइनेछ ।
यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँमा झरेको छ । यो नयाँ मूल्य सोमबार रातिबाट लागू हुनेछ । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत राखेको छ ।
यो समायोजन पश्चात पनि भारतको रक्सौल भन्दा नेपालको वीरगंजतर्फको सीमा मूल्यमा पेट्रोल १२ रुपैया ३२ पैसा प्रतिलिटरले र डिजेल १५ रुपैया ७१ पैसाले सस्तो हो ।
अब निगमलाई पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ ४४ पैसा नाफा छ । डिजेलमा प्रतिलिटर ५रुपैयाँ ८१ पैसा छ । ग्याँसमा भने प्रति सिलिण्डर २८४ रुपैयाँ ८३ पैसा घाटा छ ।