विराटनगर, मंसिर १८
विश्व अपाङ्ग दिवसको अवसरमा विराटनगर राउण्ड टेबल नं. ५ ले शारिरिक रुपमा अशक्त बालबालिकालाई सहयोग सामग्री प्रदान गरेको छ । राउण्ड टेबलले सिबिआर विराटनगरमा रहेका १० जना अशक्त बालबालिकालाई स्ट्याण्डिङ चेयर, रोल्याटर वाकरलगायतका सामग्री प्रदान गरेको आयोजक संस्थाका अध्यक्ष स्वतन्त्र नेवटियाले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रदेश १ का सामाजिक मन्त्रालयका सचिव हरि दाहालले अपाङ्गता भएका बालबालिकालाई क्लवले गरेको सहयोगको प्रशंसा गरे ।
कार्यक्रममा राउण्ड टेबलका नेसनल एडिटर नवीन झुनभुनवाला, क्लवका एरिया टु का कोअर्डिनेटर रिषभ दाहाललगायतले यस्ता कार्यक्रमले सामाजिक सेवाप्रतिको लगाव बढ्ने बताए । राउण्ड टेबलले यसअघि पनि बिभिन्न स्कूल तथा आश्रममा सेवामुलक कार्यक्रम गर्दै आएको र आगामी दिनमा यसलाई निरन्तरता दिने क्लवका पब्लिसिटी कन्भेनर सञ्जीव सिग्देलले बताए ।