विराटनगर, मंसिर १८
२३ औं संस्करणको जुनियर जेसिस अन्तर विद्यालयक्वीज कन्टेष्ट सोमबारदेखि सुरु भएको छ । विराटनगर जुनियर जेसिजद्धारा आयोजित पाँच दिने क्वीज कन्टेष्ट विराटनगरस्थित वीरेन्द्रसभा गृहमा सुरु भएको हो ।
सोमबार भएको प्रतियोगिताको पहिलो र दोश्रो चरणबाट मोर्डन ऐरा सेकेण्डरी, अरनिको स्कुल, एभरेष्ट स्कुल र पोलस्टार सेकेण्डरी सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलको भिड्न्तमा सिद्धार्थ सेकेण्डरी, लर्डबुद्ध स्कुल, गौतम बुद्ध स्कुल र सिद्धार्थ शिशु सदन भने पछि परेका छन् ।
क्विज कन्टेष्टमा ३२ विद्यालय सहभागी छन् । कन्टेष्टको उद्घाटन जुनियर जेसिसका राष्ट्रिय उपाध्यक्ष मिलन पौडेलले गरेका हुन् भने क्विजको संकलन तथा व्यवस्थापन डा.सन्देशदास श्रेष्ठ र सन्दीपदास श्रेष्ठले गरेका हुन् ।