काठमाडौं,मंसिर १८
बाणिज्य बैंकहरुले ४० अर्ब अतिरिक्त निक्षेप प्राप्त गरेका छन् । अर्थमन्त्रालयले स्थानीय तहलाई दिएको वित्तिय समानीकरण अनुदान सम्बन्धी कार्यबिधी संसोधन गरेर बाणिज्य बैंकहरुलाई निक्षेपमा ४० अर्बको राहत दिएको हो ।
स्थानीय तहले बाणिज्य बैंकहरुमा राखेको पैसाको ५० प्रतिशत रकम बैंकहरुले निक्षेपका रुपमा उपयोग गर्न पाउनेछन् । यो सुबिधा उपलब्ध भएपछि ८० प्रतिशत सीसीडी अनुपातका आधारमा बैंकहरुले थप ३२ अर्ब लगानी गर्न सक्नेछन् । हाल ७५३ वटा स्थानीय तहको बैंक खातामा ८० अर्ब रुपैंयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता गोविन्द नागेलाले अर्थमन्त्रालयले कार्यबिधी संसोधन गरेसँगै ५० प्रतिशत रकम निक्षेपका रुपमा उपयोग गर्ने सुबिधा बैंकहरुले स्वतः प्राप्त गरेको बताए ।(विकास न्युजबाट)