एजेन्सी,मंसिर १८
बलिउड अभिनेता शाहरुख खान अभिनीत चलचित्र ‘जिरो’को नयाँ गीत सार्वजनिक भएको छ।मङ्गलवार ‘इशकवाजी’ बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको हो ।
गीतमा बलिउडमा दुई चर्चित खान शाहरुख खान र सलमान खान फिचर छन् । अजय–अतुलको सङ्गीत, इर्शाद कमिलको शब्द र सुकविन्दर सिंहको आवाज छ ।
जिरोमा शाहरुखसँगै अभिनेत्रीद्धय अनुश्का शर्मा र कैटरिना कैफको मुख्य भूमिका रहेको छ । त्यस्तै यी कलाकार बाहेक सलमानसँगै दर्जनबढि बलिउड कलाकारको केमियो रहेको छ ।
आनन्द एल राइको निर्देशनमा तयार भएको यो चलचित्र डिसेम्बर २१ तारिखमा रिलिज हुँदैछ ।









