विराटनगर, मंसिर १८
एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले एक नम्बर प्रदेशका मुख्य राजमार्ग तथा सहायक मार्गमा पौष १ गतेदेखि आंशिक रुपमा ट्रिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। कार्यालयले मंगलबार सुचना जारी गर्दै यस्तो निर्णय सार्वजनिक गरेको हो।
कार्यालयले जारी गरेको सुचनामा आगामी पौष १ गते देखि १ नम्बर प्रदेश अन्तर्गतका मुख्य राजमार्ग तथा सहायक राजमार्गमा सुरक्षा एवं ट्राफिक आवागमनलाई ध्यानमा राखेर बिहान ०९ बजे देखि बिहान ११ बजेसम्म र बेलुका तीन बजेदेखि ५बजे सम्मको समयमा ट्रिपर सञ्चालनमा पूर्ण रुपमा रोक लगाउने सुचना सार्वजनिक गरेको हो ।
सुचनामा एक नम्बर प्रदेश अन्तरगतका सम्बन्धित जिल्ला सुरक्षा समितिबाट समेत निर्णय भईसकेकाले सो समयमा ट्रिपर सञ्चालन नगर्न र नगराउन सम्बन्धित सरोकारवाला सवैमा अनुरोध गरेको छ ।