विराटनगर : नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले आफ्ना सबै सेवा विराटनगरबाट पनि दिन सुरु गर्ने भएको छ ।
जसको लागि चाटर्ड एकाउन्टेन्स (सीए)को सदस्यतादेखि लिएर सीएको परीक्षाका लागि विराटनगरबाटै सेवा सुरु हुने भएको हो ।
विराटनगरमा चारवर्षदेखि सीए पढाई हुँदै आएको र यहाँ पढेका विद्यार्थीले क्याप १ र क्याप २ विराटनगरबाट परीक्षा दिन पाउँदै आएको अवस्थादेखि क्याप ३ पनि दिन पाउने भएका छन् ।
सीएको अन्तिम परीक्षाको रुपमा रहेको क्याप ३ का लागि यसअघि काठमाडौँ नै जानुपर्ने बाध्यता थियो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।