१२ वर्षदेखि साङ्लोमा

१२ वर्षदेखि साङ्लोमा

राजविराज : सप्तरीको अग्निसाइर कृष्णसवरण–१, घोघींदाहाका ४७ वर्षीय उमाकान्त चौधरी १२ वर्षदेखि साङ्लोमा बाँधिएका छन्।  वस्तुभाउका दाम्लो चराउन लैजाने बेला खोलिन्छ तर उमाकान्त बाँधिएका–बाँधियै छन्।

उनी मानसिक रोगबाट पीडित छन्। दुःख दिन थालेपछि २०६३ सालदेखि उनलाई बाँधेर राखिएको परिवारले जनाएको छ। उनलाई राख्न घर अगाडि नालीमाथि कटेरो बनाइएको छ। साङ्लो उनी सुत्ने खाटमा बाँधिएको छ । दुई फिट पनि लामो नभएको साङ्लोले गर्दा उनी चाहेर यताउता हिँड्न त के उभिन पनि सक्तैनन्।

जाडो होस् वा गर्मी, उनको शरीरमा कट्टुबाहेक अन्य कपडा हुँदैन। ओढ्न–ओछ्याउन एउटा सिरक छ। जाडोमा काँपेर रात बिताउँछन्, दिनमा सुत्छन्।

बसेकै ठाउँमा दिसापिसाब पनि गर्छन्। साङ्लोको डाम गढेर घाउ नै भएको छ। उनी बेला–बेला हतकडी खोलिदिन श्रीमतीलाई आग्रह गर्छन्। खोलिदिऊँझैं लागे पनि अप्रिय घटना हुने डर रहेको सुशीलाले सुनाइन्। सुशीलाले बिहान–बेलुका भात लगिदिन्छन्।,यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.