आईपीएल अक्सनका लागि नेपाली खेलाडीले नाम दर्ता गरेनन्

आईपीएल अक्सनका लागि नेपाली खेलाडीले नाम दर्ता गरेनन्

एजेन्सी,मंसिर २१
विश्वको सर्वाधिक लोकप्रिय इन्डियन प्रिमियर लिग (आईपीएल)को आउँदो सिजनको लागि २३२ विदेशी र ७४६ भन्दाबढी भारतीय खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् ।

१८ डिसेम्बरबाट जयपुरमा २०१९ को अक्सन हुँदैछ, अक्सनमा नेपालका कुनैपनि खेलाडीले आफ्नो नाम दर्ता गराएका छैनन् ।भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का अनुसार यसपटक अक्सनमा नाम दर्ता गराउने सर्वाधिक खेलाडी दक्षिण अफ्रिकाका रहेका छन् । अफ्रिकाबाट ५९ खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् ।

त्यस्तै अस्ट्रेलिया ३५, वेस्ट इन्डिज ३३, श्रीलंका २८,अफगानिस्तान २७, न्युजिल्यान्ड १७, इंग्ल्यान्ड १४ र बंगलादेशका १० खेलाडी सहभागी छन् । जिम्वावेका ५,आयरल्यान्ड,अमेरिका,हङकङ र नेदरल्यान्डबाट एक एक जना छन् ।

डिसेम्बर १० मा बोर्डले खेलाडीको नाम सहित अन्तिम सूचि तयार पार्दै डाफ्ट सार्वजनिक गर्ने छ । अक्सनबाट ५० भारतीय र २० विदेशी गरी कुल ७० खेलाडीले आईपीएलमा स्थान बनाउने छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.