विवाहपछि प्रियंकाले फेरिन् नाम, के राखिन् ?

विवाहपछि प्रियंकाले फेरिन् नाम, के राखिन् ?

एजेन्सी , मंसिर २१
भारतीय नायिका प्रियंका चोपडाले आफ्नो नाम औपचारिक रुपमा फेरेकी छिन् । निक जोनससँग विवाह गरेपछि उनले आफ्नो इन्स्टाग्राममा नाम प्रियंका चोपडा जोनस राखेकी छिन् । प्रियंका र अमेरिकी गायक निक जोनसले गएको साता भारतको राजस्थानस्थित जोधपुरमा भव्य रूपमा विवाह गरेका थिए ।

प्रियंकाले बुधबार उनले विवाहको क्रममा लगाएको गाउनको भिडियो र फोटो इन्स्टाग्राममार्फत सार्वजनिक गरिकी थिइन् । उनको यो गाउनको पनि विश्वभर चर्चा भएको थियो । पहिलो बच्चाका बारेमा राखिएको जिज्ञासामा प्रियंकाले अहिले आफूहरुको भर्खर विवाह भएकोले हनिमुन पिरियडमा रहेको जनाउँदै त्यति ठूलो निर्णय गर्नका लागि समय दिन आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.