विराट ट्रेड एक्स्पोको तयारी तीव्र ,२० करोडको कारोबार हुने अनुमान

विराट ट्रेड एक्स्पोको तयारी तीव्र ,२० करोडको कारोबार हुने अनुमान

विराटनगर,मंसिर २१
विराटनगरमा हुने विराट ट्रेड एक्स्पो–२०१८ को तयारी तीव्र पारिएको छ । एक्पोको लगभग सम्पुर्ण तयारी पूरा भएको मोरङ व्यापार सङ्घले जनाएको छ ।

विराटनगरको शङ्करपुरमार्ग विराट मेडिकल अस्पतालको नजिकै पुस ६ देखि १४ गतेसम्म लाग्ने सो मेलामा प्रत्यक्षरूपमा रु २० करोडको आर्थिक कारोवार हुने अपेक्षा गरिएको नेपाल उद्योग वाणिज्य महासङ्घ मेला समितिका सदस्य ललित सिङ्कडाले जानकारी दिए ।

प्रदेश नं १ मा आर्थिक क्रियाकलाप बढाउने, उद्योग व्यापारको प्रवद्र्धन गर्ने, कला संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गर्न लागिएको सो मेलामा नेपाल भारत, पाकिस्तान र बङ्गलादेशका गरी २३९ स्टल रहने बताइको छ ।

दैनिक उपभोग्य सामग्री, मेसिनरी पार्टपुर्जा, गाडी, तयारी पोशाक, छालाका सामान, हस्तकलाका सामग्री, साडी, कृषि सामग्री, मोबाइल र टेलिफोन जस्ता सामानको स्टल रहने मेलामा करिब दुई लाख आगन्तुक प्रवेश गर्ने अनुमान गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.