काठमाडौं, मंसिर २१
एक अभियुक्तलाई पक्राउ गर्न काठमाडौंको रातोपुलमा प्रहरीले गोली चलाएको छ ।
इटहरीमा रहेको एक्टिभ मनी ट्रान्फरका सञ्चालक सबिन दाहाललाई छुरा प्रहार गरेर ३ लाख रुपैयाँ लुटेका राजन लिम्बुलाई पक्राउ गर्न महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलील गोली चलाएको हो ।
उनको खुट्टामा गोली लागेको छ । पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउनु परेको प्रहरीले दाबी गरेको छ ।उनी पनि हतियारसहित उपस्थित भएको महाशाखाले जनाएको छ । उनको साथबाट चाइनिज पेस्तोल र चार राउण्ड गोली भेटिएको प्रहरीको दाबी छ ।
पछिल्लो समय उनी विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको पाईएको छ ।उनले यसअघि ६ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् । थप अनुसन्धान जारी रहेको महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।