नागढुंगा–नाैबीसे सुरुङ मार्ग : ठेक्कामा मन्त्री महासेठको हस्तक्षेप

नागढुंगा–नाैबीसे सुरुङ मार्ग : ठेक्कामा मन्त्री महासेठको हस्तक्षेप

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले नागढुंगा–नौबीसे सुरुङ मार्गको ठेक्कामा हस्तक्षेप गरेका छन्। ठेकेदार छनौटनिम्ति अन्तिम मूल्यांकन पूरा हुनै लाग्दा बुधबार उनले आयोजना प्रमुखलाई हटाएका छन्।

जापान सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण हुन लागेको यो आयोजनाको ठेक्का उनले चिनियाँ कम्पनीलाई दिलाउने प्रयास गरेका छन्।

महासेठले आयोजनाको ठेक्कासम्बन्धी सम्पूर्ण फाइल आफ्नो च्याम्बरमा झिकाएका छन्। आफ्नै रोहबरमा फाइल अध्ययन गराई चिनियाँ कम्पनीलाई ठेक्का दिलाउन उनले निर्देशन दिएको सडक स्रोतले बतायो।

उनले आयोजना प्रमुख सञ्जय श्रेष्ठलाई हटाएका छन्। उक्त जिम्मेवारी सडक विभागका सुपरिटेन्डेन्ट इन्जिनियर केशव शर्मालाई दिएका छन्।

श्रेष्ठ आगामी चार महिनापछि सेवानिवृत्त हुँदैछन्। ‘मलाई हटाइएको भन्ने सुनेँ,’ श्रेष्ठले भने, ‘पत्र पाएको छैन।’ आयोजनाले आगामी आइतबार (मंसिर २३) पूर्व योग्यता सूचीमा परेका ठेकेदारमध्येबाट आर्थिक र प्राविधिक रूपले सबैभन्दा उत्कृष्टलाई छनौट गर्र्दैछ।

आयोजनाको ठेक्काका लागि पाँच चिनियाँ र एक जापानी कम्पनीको प्रस्ताव छ। जापानी ऋण भए पनि यो ठेक्कामा विश्वव्यापी प्रतिस्पर्धा हुन लागेको हो। गत साउन २४ गते विश्वव्यापी प्रतिस्पर्धा गराइएको थियो।,यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.