ईपीएलको उद्घाटन खेलमा विराटनगर र ललितपुर खेल्दै

ईपीएलको उद्घाटन खेलमा विराटनगर र ललितपुर खेल्दै

विराटनगर,मंसिर २२
आजबाट सुरु हुने टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को उद्धघाटन खेलमा ललितपुर प्याट्रियट्स र विराटनगर वारियर्सबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली घरेलु क्रिकेटमा सर्वाधिक लोकप्रिय सो प्रतियोगिता काठमाडौँको टीयू क्रिकेट मैदानमा दिउँसो १ बजेबाट सुरु हुने छ ।

वारियर्सका कप्तान पारस खड्काले गर्ने छन् भने ललितपुरको कप्तानी ज्ञानेन्द्र मल्लले सम्हाल्ने छन् ।पहिलो खेलमा जित निकाल्ल्दै दुवै टोली प्रतियोगितामा सुःखद सुरुवात गर्ने सोचका साथ मैदान प्रवेश गर्ने छन् ।

गत संकरणको समुह चरणको खेलमा विराटनगरले लतिपुरलाई ६ रनले हराएको थियो ।त्यस्तै दुई महिना अघि सम्पन्न पोखरा प्रिमियर लिगमा पनि पारसले नेतृत्व गरेको चितवन टाइगर्सले ज्ञानेन्द्रले सम्हालेको काठमाडौं रोयल्सलाई प्ले अफमा ६ विकेट र समुह चरणको खेलमा १३ रनले पराजित गरेको थियो । मल्ललाई त्यो हारको बदला लिने अवसर पनि आजको खेल हुनेछ । घरेलु फ्रेन्चाइज लिगमा मल्लभन्दा पारसनै अब्बल देखिँदै आएका छन् ।

पारस खड्का

वारीयर्स गत वर्षको च्याम्यियन टोली हो । विराटनगरमा हङकङका पुर्व कप्तान तथा ब्याटिङ अलराउण्डर बावर हायत, नेदरल्यान्डका पाउल भेन मिकरेन, पूर्व दक्षिण अफ्रिकी तथा हाल डच खेलाडी रोलोफ भेन डर मर्व र भारतीय स्मित पटेल विदेशी खेलाडीका रुपमा रहेका छन् । राष्ट्रिय टिमका अनिलकुमार शाह, करण केसी, वसन्त रेग्मी साथै आशिफ शेख विराटनगरका प्रमुख खेलाडी हुन् । हायात हङकङको खेलमा व्यस्त रहेका कारण यस खेलमा उपस्थित रहने छैनन् ।

गत वर्ष तेस्रो स्थानमा रहेर ईपीएल सकाएको ललितपुरले यस पटक खासै ठूला नाम टिममा अनुबन्ध गरेको छैन । तर घरेलु लिगमा भने उत्कृष्ट प्रर्दशन गरि रहेका भारतीय सन्नी पटेल,जयकिशन कोल्सावाला र गौरभ तोमर ललितपुरका विदेशी र मुख्य हतियार हुन् । यी तीनै खेलाडीले नेपाली घरेलु लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।

ज्ञानेन्द्र मल्ल

राष्ट्रिय तथा अन्तरार्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रर्दशन गरि रहेका सन्दीप लामिछाने पनि ललितपुरबाटै खेल्ने छन् । सन्दीप सुरुवाती दुई खेल मात्र खेल्ने छन् । बिग व्यास र वंगालदेश प्रिमियर लिग खेल्नु पर्ने भएको कारण अन्य खेल नखेल्ने भएका हुन् । त्यस्तै राष्ट्रिय टिमका स्पिनर ललितनारायण राजवंशी, घरेलु लिगमा राम्रो प्रर्दशन गरि रहेका युवा तीब्र गतिका बलर राशिद खान, आक्रमक ब्याट्सम्यान कुशल भुर्तेल,सन्दीप जोरा, सोनु तामाङ ललितपुरका प्रमुख खेलाडी हुन् ।(हाम्रो खेलकुदबाट)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.