आगलागीबाट तीन लाखको क्षति

आगलागीबाट तीन लाखको क्षति

तेह्रथुम, मंसिर २२
तेह्रथुमको मेन्छयम गाउँपालिका–५ चुच्चेढुङ्गा बस्ने पूर्ण बहादुर लिम्बुकोघरमा आगलागी हुँदा अन्दाजी ३ लाख मूल्य बराबरको क्षति भएको छ ।

शुक्रबार बिहान साढे ९ बजेको समयमा चुल्होबाट आगो सल्कन गई फुसको छानो भएको घरमा आगलागी भएको थियो । आगलागीबाट घर तथा घरभित्र रहेका सर–सामान जलेर नष्ट भएको छ ।

आगलागी दिउँसो साढे बाह्र बजे अस्थाई प्रहरी चौकी बमोराहाङबाट प्रहरीको टोली र स्थानीयबासीले नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.