NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

विश्व क्रिकेटमा नेपालले बनाएका यी दुर्लभ कीर्तिमान

शनिबार मंसिर २२ , २०७५
Reading Time: 1 min read
A A
Nepal Top
विश्व क्रिकेटमा नेपालले बनाएका यी दुर्लभ कीर्तिमान
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ,मंसिर २२
सन् १९९६ मा एसीसी ट्रफि खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा पाईला अघि बढाएको नेपाली क्रिकेट टोलीले हाल सम्म टी–२० विश्पकप हुँदै वान डे मान्यतासम्म आईपुगेको छ ।

अहिले जुन स्तरमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको छ,वास्तवमा त्यो भन्दा धेरै माथिल्लो स्तरमा खेल्न सक्ने सम्भावना पनि देखिन्छ । खेलाडीको एक्लो प्रयास वान डे मान्यतासम्मआएको टोली अहिले नै माथि जान सक्ने अवस्था भने छैन ।

नेपाली क्रिकेट टिमको अबको सपना सन् २०२० को टी–२० विश्वकप तथा २०२२ को वान डे विश्वकप खेल्दै ८–१० वर्ष भित्रमा टेस्ट मान्यताप्राप्त राष्ट्र बन्नु हो । तर टेस्ट मान्यता पाउन त्यहि सहज भने छैन ।

LS Auto

अहिलेको जुन घरेलु संरचनाले रहेको छ त्यसले टेस्ट राष्ट्र बन्ने सपना कल्पनामै सिमित राख्नेछ । टेस्ट मान्यता प्राप्त गर्ने नै हो भने अहिलेदेखिनै क्रिकेट विकासमा निस्वार्थ भावना लिएर सबै अघि बढ्नुपर्छ । संघ र त्यसको व्यवस्थापनका साथसाथै घरेलु क्रिकेटको संरचना पनि त्यहि अनुसारको हुनुपर्छ ।

यो समयसम्म आईपुग्दा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा थुप्रै रेकर्ड पनि बनाएको छ । केहि रेकर्ड खेलाडीको नाममा रहँदा केहि टिमकै नाममा बने । केहि रेकर्ड त यस्ता बने जुन अव तोडिन पनि असम्भव देखिन्छ । यी हुन् नेपालले विश्व क्रिकेटमा बनाएका दुर्लभ ५ विश्व रेकर्ड स्

२ बलमै जित

सुन्दापनि सबैलाई आश्चर्य लाग्न सक्छ । ५० ओभरको खेल, ११ रनको लक्ष्य अनि २ बलमै विजयी । नेपालले सन् २००६ मा यो कीर्तिमान म्यानमारविरुद्ध रचेको हो । मलेसियामा भएको एसीसी ट्रफिमा नेपालले यो दुर्लभ कीर्तिमान हात पार्न सफल रहयो । टस जितेर नेपालले पहिला फिल्डिङ गर्ने निर्णय लियो । म्यानमार ब्याटिङको लागि मैदान उत्रियो । महबुब आलम ७ र बिनोद दासले ३ विकेट लिएपछि म्यानमार १२.१ ओभरमा १० रनमा अल आउट भयो ।

सामान्य ११ रनको लक्ष्य नेपालले दुई बलमै पुरा गर्यो । ५ रन एक्स्ट्रास्वरुप उपहार पाएपछि २ बलमै नेपालको जित सम्भव भयो । ओपनर महेश क्षेत्री र धिरेन्द्र चन्दले समान १–१ बलमा ३–३ रनमा नटआउट रहे । जुन रेकर्ड १२ वर्ष देखी यथावत छ । र अब तोडिन पनि असम्भवप्राय छ ।

महबुव आलमको एकै खेलमा १० विकेट

सन् २००८ मा जर्सिमा डिभिजन ५ लिग चलिरहेको थियो । मोजाम्बिकबीरुद्ध टस हारेर नेपालले ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ३८ रन जोड्यो । २ सय ३९ रनको लक्ष्य पक्ष्याएको मोजाम्बिक १४.५ ओभरमा सबै विकेट गुमाएर १९ रनमा समेटियो । महबुबले ७.५ ओभरमा १ मेडन सहित १२ रन खर्चेर १० विकेट लिए । उनले त्यसबेला ५ ब्याटम्यान बोल्ड,४ एलबीडब्लू र १ क्याच आउटको सिकार बनाए । महबुब सिमित ओभरमा एकै खेलमा १० विकेट लिने पहिलो खेलाडी बने र गिनिज बुकमा नाम पनि लेखाए ।

मोजाम्बिकका दुई ब्याट्सम्यानले मात्र खाता खोल्न सक्दा ९ खेलाडी डक आउट भएका थिए । पछिल्लो समय ढल्कँदो उमेरसँगै खस्किदो प्रर्दशनका कारण महबुब सन्न्यासको संघारमा पुगेका छन् । तर यो रेकर्डले महबुवलाई विश्व क्रिकेट जगत र नेपालले सधैँभरी सम्झिरहने छ । सिमित ओभरको खेलमा यो रेकर्ड तोडिन पनि अब असम्भव देखिन्छ ।

१० औं नम्बरमा सोमपालको ४० रन

सन् २०१४ मा नेपाल र हङकङबीच टी–२० सिरिज श्रीलंकामा चलिरहेको थियो । चौथो खेलमा हङकङले टस जित्यो र नेपाललाई पहिलो ब्याटिङको निम्तो दियो । सधैं ब्याटिङमा कमजोर मानिने नेपाल १२।५ ओभरमा वसन्त रेग्मी ३ रनमा पेभिलिएन फर्कंदा २५(८ को दयनिय अवस्थामा पुगेको थियो । नेपालले ५० रन पनि कटाउन नसक्ने अनुमान समर्थकहरुको थियो । नेपालको नाजुक प्रदर्शन हेर्दा त्यसो गर्नु स्वभाविक पनि थियो । वसन्त आउट भएसँगै शक्ति गौचन,सोमपाल कामी र अमृत भट्टराईको विकेट हातमा थियो । तीनै जना बलर थिए ।

त्यसवर्षदेखि नै राष्ट्रिय टिममा देखा परेका सोमपाल कामीले उक्त खेलमा चमत्कारपूर्ण ब्याटिङ गरे । सोमपाल क्रिजमा आउनु अघि शक्ति १० बलको सामना गर्दा खाता खोल्न सकेका थिएनन् । सोमपालले शक्तिसँग मिलेर १८।५ बल सम्म ४३ रनको साझेदारी गर्दै स्कोर ६८–८ को अवस्थामा पुर्याए । जुन स्कोर कोलोम्बोको पिचमा प्रतिस्पर्धा गर्न योग्य मानिन्थ्यो । सोमपालले ३१ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ४० रन बनाएको अवस्थामा १९ औं ओभरको अन्तिम बलमा आउट हुन पुगे ।

आउट भएपनि सोमपालले आफ्नो नाममा विश्व रेकर्ड लेखाए । अहिलेसम्म टी–२० क्रिकेटमा १० औं नम्बरमा आएर ४० रन बनाउने सोमपाल कामी एक्लो ब्याट्सम्यान हुन् । उक्त खेलमा भने हङकङ २ विकेटले विजयी भयो । निकै प्रतिस्पर्धात्मक खेलमा हङकङले १ बल बाँकी छदाँ संघर्षपूर्ण जित निकालेको थियो ।

रुविनाको एकै ओभरमा ५ विकेट

सन् २००९ मा मलेसियामा एसीसी महिला टी–२० च्याम्पियनसिप क्रिकेट चलि रहेको थियो । नेपालले सिंगापुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा ७९ रन जोड्यो । जवाफी ८० रनको लक्ष्य पक्ष्याएको सिंगापुरको नाटकीय विकेट पतन भयो । कप्तान रुविना क्षेत्रीले मलेसियाको पिचमा कमालको प्रदर्शन गरिन् ।

रुविनाले अन्तिम ओभरमा लगातार पाँच विकेट लिएपछि हारको मुखमा पुगेको नेपालले खेल बराबरीमा रोक्न सफल रहयो । रुविनाले दोस्रो, तेस्रो,चौथो,पाँचौ र अन्तिम बलमा लगातार विकेट लिएकी थिइन् । उक्त प्रदर्शनसँगै रुविना पहिलो पटक ह्याट्रिक गर्ने नेपाली महिला खेलाडी समेत बनिन् । साथै महिला टी–२० क्रिकेटमा एकै ओभरमा लगातार ५ विकेट लिने पहिलो महिला क्रिकेटरको रेकर्ड समेत आफ्नो नाममा लेखाइन् । जुन रेकर्ड अब महिला क्रिकेटमा तोडिन असम्भव छ ।

टी–२० विश्वकपमा नो वाइड

नेपाली क्रिकेट जगतमा सबैभन्दा ठूलो सफलता सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी–२० विश्वकप खेल्नुलाई मानिन्छ । पहिलो पटक विश्वकप खेल्दाको त्यो क्षण, त्यो खुसि र उत्साह शब्दमा वर्णन गर्न सकिन्न । जति शब्दमा व्याख्या विश्लेषण गरेपनि कमनै हुनेछ । नेपाली टोलीको सधै बलियो मानिने हतियार बलिङ पक्ष विश्वकपमा विश्वसामु अझ बलियो ठहरियो ।

पहिलो खेलमा हङकङलाई ८० रनको फराकिलो अन्तरले हराउँदै विश्वकपमा नेपालले सानदार सुरुवात गर्यो । हङकङलाई ६९ रनमा अल आउट गर्दा कुनै वाइड फालेन । नेपाल दोस्रो खेलमा आयोजक बंगलादेशसँग ८ विकेटले पराजित हुन पुग्यो । तर वाइडमा रन भने दिएन । अन्तिम खेलमा अफगानिस्तानलाई ९ रनले पराजित गर्दै विश्व क्रिकेट जगतमा पुन एक पटक तहल्का पिट्यो । उक्त खेललमा पनि वाइडको रुपमा कुनै रन दिएन । जुन एउटा विश्व रेकर्ड बन्यो ।(हाम्रो खेलकुदबाट)

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Saudiमा १३ इरानीको मृ*त्यु, राहुल गान्धीको आरोपले भारतमा बबाल || Nepal Times

World News: Saudiमा १३ इरानीको मृ*त्यु, राहुल गान्धीको आरोपले भारतमा बबाल || Nepal Times

00:11:33

World News: Russia-Ukraine यु*द्धमा Trumpको उल्टो बयान, Modi G-7 सम्मेलनमा जाने || Nepal Times

00:09:11

World News: Russiaले Ukraineसँग लियो बदला,बेरुतमा आ*क्र*मण,Trump China आउने || Nepal Times

00:17:05

World News: रहमानको ‘राष्ट्रपिता’ दर्जा खारेज, कूपरलाई मध्य पूर्वको जिम्मा || Nepal Times

00:12:01

World News: कोरियाली राष्ट्रपतिले किमलाई मनाउने, पाकिस्तानले भारतसँग शान्ति खोज्यो || Nepal Times

00:10:53

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
स्थानीय तह चुनावका लागि खुल्यो म्यादी प्रहरीको भर्ना

नेपालमा कति छ प्रहरीको संख्या ?

आइतवार साउन २७ , २०८१

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.