विराटनगर,मंसिर २२
प्रदेश एकका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैतले मुलुकको समृद्धिकालागि निजी क्षेत्र तथा ब्यवसायीको भूमिका अत्यावश्यक रहेको बताएका छन् । नेपाल वन पैदावार उद्योग ब्यवसायी संघ मोरङको शनिबार विराटनगरमा आयोजित बार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुंदै उनले यस्तो बताएका हुन् ।
मन्त्री कुसियैतले मुलुकमा विद्यमान बनजंगलको बैज्ञानिक बन ब्यवस्थापनबाट संरक्षण र सम्र्बद्धनगर्दै त्यसलाई सदुपयोग गर्न सकिए मुलुकको आर्थिक समृद्धिमा कोशे ढुंगा साबित हुन सक्ने बताए । उनले बाहिरी देशबाट आउने हुने काठजन्य सामाग्रिको आयात रोक्न स्वदेशमै गुणस्तरिय उत्पादन बढाउनेतर्फ ब्यवसायीले ध्यान दिनुपर्ने बताए ।
उनले परम्परागत उद्यमशैलीलाई परिवर्तन गर्दै आधुनिक युग सापेक्ष उत्पादलाई प्राथमिकतामा राख्न ब्यवसायीलाई आग्रह गरे । उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव बद्रीराज ढुंगानाले पहाड बांझो र तराई घडेरीमा परिणत हुंदै गएको सन्र्दमा वनजंगलको संरक्षण थप चुनौतीपुर्ण बनेको बताए । उनले बनको उत्पादनशिलता नबिगारिकन बन उत्पादको उपयोग गरिनुपर्ने बताए ।
नेपाल वन पैदावार उद्योग ब्यवसायी संघ मोरङका अध्यक्ष सिताराम अग्रवालले वन सम्बन्धि निति नियम सहज नहुनु,वन क्षेत्रमा उत्पादन हुने काठ,दाउरा समयमा कटान नुहनु र घाटगद्दी,ग्रेडिङ तथा विक्रीको प्रक्रियामा जटिलता लगायतका कारणले माग र आपुर्तिबीचको दुरी कम गर्न ब्यवसायीले तेश्रो मुलुकबाट काठ आयात गर्नुपरिरहेको बताए। कार्यक्रममा महासचिव बाबुराम घिमिरेले आयोजक संघको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।