अवैध सामान भन्सारमा बुझाईयो

अवैध सामान भन्सारमा बुझाईयो

मोरङ, मंसिर २४
इलाका प्रहरी कार्यालय रानीले आइतबार अन्दाजी १ लाख १७ हजार ४ सय ८० रुपैयाँ बराबरको अवैध सामान भन्सारमा बुझाएको छ ।

बिराटनगर १५ को बिभिन्न एरियाबाट आइतवार चेकजाँचको क्रममा भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको किराना सामान, स्टिलको भाँडा, तामाको गाग्री र झर्के थाल लगायतका सामान बरामद गरेको थियो ।

बरामद सामान आवश्यक कानूनी प्रकृया पश्चात कारवाहीको लागि बिराटनगर भन्सार कार्यालय रानी मोरङमा बुझाएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.