साढे दुई करोड गुमाएर फर्किए अमेरिका हिँडेका युवा : कोही आइल्यान्डमा जेल , कोही हाइटीमा अलपत्र

साढे दुई करोड गुमाएर फर्किए अमेरिका हिँडेका युवा : कोही आइल्यान्डमा जेल , कोही हाइटीमा अलपत्र

करिब एक वर्षअघि अमेरिका हिँडेका पाँच युवा साढे दुई करोड सकेर रित्तो हात नेपाल फर्किएका छन् । दलालले उनीहरूलाई भारतको नयाँदिल्ली हुँदै रसिया, क्युवा पार गराएर अमेरिका पुर्‍याउने भनेको थियो । तर, बाटोमै जेल सजायसमेत भोगेर उनीहरू स्वदेश फर्किएका हुन् ।

रोल्पाका २२ वर्षीय नरेन्द्र घर्तीमगर १ असोज ०७४ मा अमेरिका जान हिँडेका थिए । अमेरिका पुग्ने आसमा उनले ४८ लाख ५० हजार सिध्याए । भारतको दिल्ली हुँदै रसियाको मस्को, क्युवाको हवाना, पानामा, हाइटी हुँदै क्यारेबियन मुलुक ट्रक टिटस आइल्यान्ड पुगे ।

तर, अमेरिका पुगेनन् । टिटस आइल्यान्डमा सात महिना जेल परे । उनीसँगै गएका रोल्पाकै ३१ वर्षीय शेरबहादुर घर्तीले पनि सोही जेलमा सात महिना बिताए । अमेरिका पुग्ने आसमा उनको पनि ४७ लाख २३ हजार सकियो ।

रोल्पाकै २३ वर्षीय भीमप्रसाद बाठामागर ०७४ पुसमा अमेरिकाका लागि हिँडेका थिए । उनी पनि दिल्ली हुँदै मस्को, क्युवा र पानामा पार गरेर हाइटीसम्म पुगे । तर, अमेरिका छिर्न सकेनन् ।,आजको नयाँ पत्रिकामा यो खबर छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.