ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

उदयपुर, मंसिर २५
उदयपुरको कटारी नगरपालिका–१४ घुर्मी पेट्रोल पम्प अगाडी सोमवार ट्रकको ठक्करबाट १ जनाको मृत्यु भएको छ । ओखलढुंगाबाट काठमाण्डौँ तर्फ जाँदै गरेको बा ३ ख ५६१५ नम्बरको ट्रकको ठक्करबाट तत्काल पहिचान नखुलेका अन्दाजी ४५ बर्षका पुरुष व्यक्तिलाई ठक्कर दिएको थियो ।

दिउँसो सवा २ बजेको समयमा भएको दुर्घटनामा गम्भिर घाइते उनलाई उपचारको लागि स्थानीय अस्पताल हुँदै थप उपचारको लागि काठमाण्डौ लैजाने क्रममा साँझ ६ बजे बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

ठक्कर दिने ट्रकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने चालक फरार रहेकोले खोजीकार्य भई रहेको उक्त कार्यालयले जनाएको छ । मृतकको शव परिक्षणको लागि कटारी अस्पतालमा राखिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.