जंगली हात्तीले घर भत्कायो

जंगली हात्तीले घर भत्कायो

झापा, मंसिर २६
झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा मंगलबार जंगली हात्ती गाउँमा पस्दा अन्दाजी १ लाख मूल्य बराबरको क्षति भएको छ ।

राती १२ बजे जंगलबाट निस्किएको हात्तीले सोही स्थान बस्ने पबित्रा प्रधानको टिनले छाएको १ तले घरको कोठा भत्काएर २ मन धान र १ बोरा चामल खाएर नष्ट गरेको छ ।

उक्त हात्तीलाई प्रहरी र स्थानीयवासीले राती नै जंगल तिर लखेटेको प्रहरी चौकी बाहुनडाँगीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.