सात जना भारतीयलाई नागरिकता बनाउन सिफारिस गर्ने जनप्रतिनिधि र कर्मचारी धरौटीमा छुटे

सात जना भारतीयलाई नागरिकता बनाउन सिफारिस गर्ने जनप्रतिनिधि र कर्मचारी धरौटीमा छुटे

विराटनगर : सात जना भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन सिफारिस गर्न भुमिका खेलेको आरोप लागेका विराटनगर महानगरपालिका– १ का वडा सदस्य र तत्कालिन वडा सचिव धरौटीमा छुटेका छन् ।

विभिन्न मितीमा सात जना भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन भुमिका खेलेको आरोप लागेका वडा सदस्य रमेश साह १ लाख २० हजार धरौटी बुझाएर बुधवार छुटेका हुन् । नागरिकता सिफारिस गर्ने वडा सचिव पुष्पा तिम्सिना पनि १ लाख धरौटीमा छुटेकी छिन् ।

बुधबार जिल्ला अदालत मोरङमा उपस्थित भएका साहलाई न्यायधिश महेन्द्र प्रसाद पोखरेलको इनलासले छुट्टा छट्टै ६ वटा मुद्दामा २०–२० हजारको दरले धरौटी बुझाउने आदेश दिएको थियो ।

सात जना भारतीयलाई छोरा भन्दै नागरिकता बनाईदिएको आरोप लागेका सत्यनारायण पोद्दार भने कात्तिक १९ गतेको आदेशपछि पुर्पक्षका लागि कारागारमा छन् ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.