मस्को जान लागेका ४४ जना रोकिए : ट्राभल एजेन्सी नै मानव तस्करीमा संलग्न भएको आशंका

मस्को जान लागेका ४४ जना रोकिए : ट्राभल एजेन्सी नै मानव तस्करीमा संलग्न भएको आशंका

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले शंकास्पद रूपमा रुस जान लागेका ४४ जना नेपालीलाई प्रस्थान अनुमति डिपार्चर दिन इन्कार गरेको छ।,यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

दुबईको सारजाह हुँदै रुसको राजधानी मस्को जान लागेका ४४ यात्रुको यात्रा र कागजपत्रसमेत शंकास्पद देखिएपछि त्रिवि अध्यागमनले उनीहरूलाई फिर्ता अफ लोड गरेको हो। उनीहरूले नेपालस्थित रुसी दूतावासबाट पर्यटक भिसा लिएका थिए।

भिजिट अब्रोड ट्राभल्स एन्ड टुर्सका नवराज धितालको नेतृत्वमा एस ट्राभल्स एक्सप्रेस सर्भिसका तर्फबाट ६३ जना यात्रु मस्को जान लागेका थिए। त्यसमध्ये ४४ जना रोकिए भने धितालसहित बाँकी १९ जना रुस पुगिसकेका छन्।

एस ट्राभल्स एक्सप्रेस सर्भिस प्रालिको ब्रान्डिङ नाम ‘एस ट्राभल्स डटकम’ हो। नक्कली कागजपत्र बनाएर अवैध ढंगले सर्वसाधारणलाई रुस लैजान खोज्नुले ट्राभल एजेन्सी नै मानव तस्करीमा संलग्न भएका त छैनन् भन्ने प्रश्न उठेको छ। रुस घुमाउन लैजाने भिजिट अब्रोड ट्राभल्सले प्रत्येकलाई नक्कली परिचयपत्र बनाइदिएको छ।

अध्यागमनबाट फर्किएकाहरूले भिजिट अब्रोड ट्राभल्सले आफूहरूलाई नक्कली परिचयपत्र बनाइदिएको बताएका छन्। रुस घुम्न मात्र जानेहरूलाई नक्कली परिचयपत्र बनाइदिएको विषयले समेत ट्राभल एजेन्सीको भूमिकामाथि शंका उब्जिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.