गाँजासहित कतार जान लागेका एक युवा विमानस्थलबाटै पक्राउ

गाँजासहित कतार जान लागेका एक युवा विमानस्थलबाटै पक्राउ

काठमाडौं : गाँजासहित कतार उड्न लागेका एक युवालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्रिएको छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

नेपाल एयरलाइन्सको उडानबाट कतारको दोहा उड्न लागेका मोरङको बलिगामा ४ बस्ने ३२ बर्षीया मानसिंह सरदार थारुलाई १ हजार २ सय ग्राम गाँजासहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थलको प्रस्थान कक्षको एक्सरेमा जाँचका बेला प्लाष्टिकमा पोको पारेको अवस्थामा गाँजा भेटिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.