कांग्रेस बैठकमा हिन्दूधर्मबारे खुलेरै बहस

कांग्रेस बैठकमा हिन्दूधर्मबारे खुलेरै बहस

काठमाडौँ : कांग्रेस बैठकमा धर्मका विषयमा बहस भएको छ । केन्द्रीय कार्यसमितिको बुधवारको बैठकमा राजनीतिक प्रस्तावमाथिको छलफलमा भाग लिंदै नेताहरुले हिन्दूधर्मबारे खुलेर तर्क राखेका छन् ।

यो विषयले २८ मंसिरदेखि काठमाडौँमा हुने महासमिति बैठकमा पनि प्रवेश पाउने सम्भावना छ ।यसअघि महामन्त्री डा. शशांक कोइरालाले सार्वजनिक रुपमै नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्ने भन्दै जनमतसंग्रह गर्नुपर्ने बताएका थिए ।

कोइराला परिवारकै अर्का केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि केही समयअघि धर्मको विषयलाई पार्टीले ‘सेटल’ गर्नुपर्ने बताएका थिए ।,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.